अमेरिकाले इरानी आणविक भट्टीहरूमा बम खसाले

इसराइल-इरानबीचको तनावमा अमेरिका पनि सामेल भएको छ।

इरानविरूद्धको युद्धमा इसराइललाई सघाउँदै अमेरिकाले इरानी आणविक भट्टीहरूमा बम खसालेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन परमाणु परियोजनामा हमला गरेको भनेका छन्। नतान्ज, फर्दो र इस्फहानका परमाणु कार्यक्रमलाई बम खसालेर अमेरिकी बम वर्षक विमान इरानी आकाशबाट सुरक्षित फर्किएको ट्रम्पले बताएका छन्।हाम्रा बहादुर अमेरिकी सेनाहरूलाई बधाई छ। अब शान्तिको समय हो,’ ट्रम्पले लेखेका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि अमेरिकी बमवर्षक विमानले इरानका तीन न्युक्लियर परियोजनामा हमला गरेको जनाएका छन् । ट्रम्पले इरानलाई आणबिक हतियारसम्बन्धी कार्यक्रम स्थगनका लागि वार्तामा आउन दुई साताको अल्टिमेटम दिएका थिए ।इजरायलले गत शुक्रबार इरानमाथि हमला गरेपछि दुई मुलुकबीच भीषण युद्ध जारी छ । इजरायलले इरानको परमाणु कार्यक्रम नष्ट गर्ने कार्यमा सघाउन अमेरिकालाई आग्रह गरेको थियो ।