टेक तामाङको ‘सांगीतिक साँझ २०८२’ हुने

एआईजी  चर्चित गीतकार टेक तामाङको पहिलो एकल ‘सांगीतिक साँझ’ आयोजना हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार कार्यक्रम हुन लागेको हो ।गीतकार संघले आयोजना गर्ने कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नाम दिइएको छ ।एकल साँझमा तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने भएको छ ।एकल साँझका लागि चयन भएका गीतमा नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मनपर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं शैलुङ्ग छन् ।प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायकगायिकादेखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् ।