सुनसरीको हरिनगरा गाउँपालिकास्थित कटान खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा ११२० किलो गाँजा बरामद भएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोलाको बगरमा पुरेर राखेको अवस्थामा ३८ बोरा गाँजा फेला पारेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए।सूचनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको कुल ४० जनाको संयुक्त टोलीले कटान खोलाको बगरमा खोजतलास गर्दा गाँजा भेटिएको प्रहरी भनाइ छ।