नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह नजिकै लागू औषध ब्राउन सुगरसहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैजनाथ गा.पा. –५ बस्ने २५ वर्षीयको रियाजुदिन हल्वाई रहेका छन्। शंकास्पद अवस्थामा चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो। बरामद गरेको पदार्थको शुद्ध तौल ४ मिलि ग्राम र १००MLको ३ बोतल कोडिन साहित पक्राउ गरेको छ।थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगेर थप अनुसन्धान सुरु गरेको बाँकेका एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएको छ।।