पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीले गन्तव्यसम्म पुर्याउन स्कर्टिङ

पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीले गन्तव्यसम्म पुर्याउन स्कर्टिङ गरेको छ।

सार्वजनिक यातायात बचाऊ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेको छ।

उक्त घोषणा पछि पोखरामा अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्‍याउने काम भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।