जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालाई सम्मान

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालाई सम्मान गरिएको छ ।

बागमती प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रममार्फत खड्कालाई औपचारिक रुपमा प्रशंसा पत्रद्धारा सम्मान गरेको हो ।

चालु आर्थिक वर्षको विभिन्न समयमा मकवानपुर जिल्लामा घटेका विपद्का घटनाहरूमा नागरिकको ज्यान र सम्पत्तिको सुरक्षार्थ गरिएको खोज तथा उद्धार कार्य, साथै जिल्लामा शान्ति सुरक्षा कायम गर्नमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।