काठमाडौंमा भएको राजतन्त्र पुनर्स्थापना माग गरी ‘संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार रत्नपार्क क्षेत्रमा भएको प्रदर्शन साँझ ५ बजे सकिएको छ। कार्यक्रम स्थलमा घुसपैठ गर्न खोजेको आरोपमा प्रदर्शनकारीले नै तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।