मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ। आज बिहान ३ः०० बजे पहिरो खसेको हो । यो सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु बीचबाटोमै रोकिएका छन्। कान्ति लोकपथ काठमाडौँ– हेटौँडा आवतजावत गर्ने छोटो दूरीको मार्ग हो ।अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।