आफ्नो जन्मदिनको अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं ३ निवासी रिशव वैश्यले रक्तदान गर्नुभएको छ। व्यावसायिक वैश्यले रक्तदान नै जीवनदान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जीविन बचोस भन्दै आफूले आफ्नो जन्मदिनको सु अवसर पारेर रगतदान गरे र अरुको ज्यान बचाएको बताउनुभयो।
व्यावसायिक वैश्य विभिन्न संघसंस्थामा आवद समेत हुनुहुन्छ व्यावसायिक वैश्यले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र नेपालगन्ज बाँकेमा रक्त दान गर्नुभएको हो ।