गाँजा कारोबारी नियन्त्रणमा लिन प्रहरीले सुनसरीको बराहक्षेत्रमा गोली चलायो

गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले सुनसरीको बराहक्षेत्रमा गोली चलाएको छ । शनिवार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली बराहक्षेत्र नगरपालिका – ३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका हुन् ।शङ्कास्पद बोरा बोकेर हिडिरहेकाहरुलाई प्रहरीले रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए । अन्य भने बोरा छाडेर भागेका थिए । खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए ।