बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी बस्ने ४४ वर्षीय सुदिप अर्याल छन् । जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट पक्राउ गरेको हो ।