डीआईजीपी राजेन्द्र प्रसाद भट्ट जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण भ्रमण

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीआईजीपी) राजेन्द्र प्रसाद भट्ट जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण भ्रमण गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले जिल्ला प्रहरी बाँकेको निरीक्षण र कार्यसम्पादनका विषयमा जानकारी लिएका हुन् । उनले निरीक्षणका क्रममा कानून विपरितका कार्यहरू कडाइका साथ नियन्त्रण गर्न निर्देशन समेत दिएका छन् ।
शान्ति सुरक्षा बनाइ जनतालाई सुरक्षाको अनुभूति दिने,गरि कानून विपरितका कार्यलाई कडाइका साथ रोक्नुपर्ने लगायतका कार्य गर्न डीआईजीपी राजेन्द्र प्रसाद भट्टले निर्देशन दिएका छन् ।उनी मातहतका जिल्लाहरूमा पुगेर स्थलगत निरीक्षण र अनुगमन तथा कार्यसम्पादनको जानकारी लिने कार्य गर्ने गरेका छन्