जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध कारोबारमा संलग्न तीन जना युवालाई एक क्विन्टल ११ किलो लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो । डुडुवा गाउँपालिका–४ मा छापा मार्दा तीन जना फक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगरले बताए ।
नेपालगन्ज उपमहानगरपालिका–१४ बस्ने १८ वर्षीय विनय सोनी, वडा नम्बर २२ बस्ने १८ वर्षीय आदर्श साहनी र वडा नम्बर ६ फुलटेक्रा बस्ने २२ वर्षीय दिपेस चौरासिया पक्राउ परेको प्रहरी प्रमुख एसपी घर्तीमगरले जानकारी दिए । उनले बाँकेको डुुडुवा ४ लालापुर्वास्थित भगिरथ खटिकको घरबाट सय किलो र राधे खटिकको घरबाट ११ किलो गरेर १११ किलो गाँजासहित कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताए ।