नेपाल प्रहरीमा रिक्त रहेको  डिआइजीको बढुवा कहिले हुन्छ?

नेपाल प्रहरीमा रिक्त रहेको १० डिआइजी (प्रहरी नायवमहानिरीक्षक) को बढुवा अवरुद्ध भएको छ । एआइजी लालमणि आचार्यको अवकाश कुर्न लाग्दा १० डिआइजीको बढुवा अवरुद्ध भएको हो । आचार्य यही जेठ १० गते अवकाशमा जाँदै छन् । उनको स्थानमा सिद्धिविक्रम शाहलाई एआइजीमा बढुवा गरेपछि मात्रै ११ डिआइजीमा बढुवा सिफारिस हुने भएको स्रोतले बताएको छ ।एआइजी बढुवामा नेपाल प्रहरीबाटै बढुवा भएका र राष्ट्रिय अनुसन्धान विभागबाट स्थान्तरण भएकाहरू प्रतिस्पर्धामा रहेका छन् । जनपदतर्फ डिआइजीको संख्या २० रहेको छ । जसमध्ये १० वटा डिआइजीको पद रिक्त रहेको छ । सरकारले डिआइजी बढुवाको तयारी थालेपछि अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू बीच दौडधुप शुरु भएको छ ।१० डिआइजी पदको लागि अहिले बढुवाका लागि एसएसपीहरू बीच प्रतिस्पर्धा हुँदैछ ।  एकातिर नियमित प्रक्रियाबाट सेवा प्रवेश गरेका ‘११२ टोली’का अधिकृतहरू छन् भने अर्कातिर राअविबाट स्थान्तरण भएर आएका अधिकारीहरू बढुवाको दौडमा छन् । उता, ११२ टोली भने प्रहरी नियमावलीअनुसारको वरीयता कायम गर्नुपर्ने अडानमा रहेकाले दुवै पक्षको दबाबका कारण प्रहरीको बढुवा पेचिलो बन्दै गएको छ ।

विश्व अधिकारी, भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिपशमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्लीमगर, तारादेवी थापा, प्रज्वल महर्जन डिआइजी बढुवाका दावेदार हुन् । २ महिला एसएसपीलाई समेटेर यो टोलीबाट ६ जना बढुवामा पर्ने सम्भावना रहेको स्रोत बताउँछ ।

गृहमन्त्री रमेश लेखकले डिआईजी बढुवाको सन्दर्भमा नेतृत्व विकास गर्नेगरी संगठन प्रमुख दिपक थापालाई निष्पक्ष निर्णय प्रक्रियालाई प्राथमिकता दिन निर्देशन दिएका छन् । राअविको टोलीका प्रतिस्पर्धी रहेकाले अघिल्लो बढुवामा छुटेका ओमबहादुर राना, यसपटक बढुवाको पहिलो सूचीमै रहेको स्रोतको दावी छ ।

माधव प्रसाद श्रेष्ठ,दीपेन्द्र जिसी, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दिपक कुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजिब शर्मा दास, शारदा प्रसाद चौधरी राअबिबाट स्थानतरण भएका हुन ।११२ टोलीभन्दा एसएसपीमा अगाडि भएपनि राअवि टोलीका अधिकांश अधिकृतहरु विवादमा तानिएका छन् । तर, अहिलेको बढुवामा एक नम्बरमा रहेका राना पर्ने सम्भावना छ ।२०५४ साल चैतमा खुला प्रतिस्पर्धाबाट प्रहरी सेवा प्रवेश गरी २०७९ साउन ३ गते एसएसपी भएका २ जना, २०५८ सालमा नेपाल प्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेको मिति जोडेर ‘सिनियर’ बनेका र २०७९ साउन ३ गते नै एसएसपी भएका १० जना तथा २०५६ साल असारमा खुला प्रतिस्पर्धाबाट प्रहरी सेवामा प्रवेश गरी २०८० वैशाख २४ गते एसएसपी भएका १५ जना गरी जम्मा २७ जना अधिकृतहरुको बीचमा १० सीटको लागि प्रतिस्पर्धा भइरहेको छ ।

तर सिट संख्या भने १० मात्रै रहेको छ ।