चितवनको दिव्यनगरमा एक व्यक्तिले आफ्नै छोरी र भतिजालाई खुर्पा प्रहार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालकाअनुसार भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय लिलाराज गिरीले ५ वर्षीय भतिजा सजन र ७ वर्षीया छोरी प्रभा गिरीको घाँटीमा खुर्पा प्रहार गरेपछि आफ्नै घाँटी रेटेका थिए।
खुर्पा प्रहारपछि ५ वर्षीय सजनको मृत्यु भएको डिएसपी खनालले जानकारी दिए।