लुम्बिनी प्रदेश सांसद गुरुङले दिए राजीनामा

लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका समानुपातिक सांसद गुरुङले आज लुम्बिनीका सभामुखसमक्ष आफ्नो राजीनामापत्र बुझाएका हुन् ।

जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको उनले बताएका छन् । साथै गुरुङले राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेका छन् ।