तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी हिरासतमा रहेका देशभक्त–राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाले सघाउने निर्णय गरेका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले हिजो बसेको संयुक्त जनआन्दोलन समितिको बैठकमा पार्टी अध्यक्ष लिङदेनले यस्तो घोषणा गरेको बताए । यससँगै पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत तीनकुनेको हिंसात्मक घटनामा पक्राउ परेका सबैको कानूनी प्रक्रियामा लाग्ने आर्थिक दायित्वसमेत राप्रपाले व्यहोर्ने छ ।