पाकिस्तानले गरेको हवाई आक्रमणमा परी जम्मू कश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतले जनाएको छ । जम्मुकश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आज बिहान सामाजिक सञ्जाल ‘एक्स’मार्फत सो जानकारी दिएका हुन् ।उनका अनुसार पाकिस्तानको गोलाबारीमा परी कश्मीरका अतिरिक्त जिल्ला विकास आयुक्त (एडिशनल डिभिजनल कमिस्नर) राजकुमार थापाको मृत्यु भएको छ । उनले भनेका छन्, ‘राजौरीबाट दुःखद खबर आएको छ । हामीले जम्मु–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ ।