(बाँके )
भारतबाट नेपाल फर्किएका गोरखा निवासी ४६ वर्षीय चेतबहादुर पन्त बसभित्र मृत भेटिएका छन् ।
भारतको रुपैडिहामा पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताएका छन् ।
बिहारबाट रुपैडिहाका लागि हिँड्नुभएको पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ ।
डीएसपी पातलीले पन्तको साथमा रहेको नागरिकताका आधारमा पन्तको सनाखत भएको बताए ।
पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको भारत रुपैडिहास्थित प्रहरीले जनाएको छ ।