सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ।
बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन्।
पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका भूभागहरूमा हवाइ आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो।