म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघे

म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघेको छ।

शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ६४४ पुगेको बिबिसीले जनाएको छ।

३ हजार ४०८ जना गम्भीर घाइते भएका छन्। धेरै मानिसहरू बेपत्ता भएका छन्।

भूकम्पले भत्काएका घरहरूले मानिसहरू पुरिएको बताइएको छ। उनीहरुलाई भग्नावशेषबाट उद्धार प्रयास भइरहेको बताइएको छ।  यद्यपि उद्धारका लागि आवश्यक उपकरण अभावका कारण धेरै मानिसहरूको उद्धार कुर्दाकुर्दै मृत्यु भएको बिबिसीले जनाएको छ।