(नेपाल क्राईम)
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीच भएर बग्ने त्रियुगा नदीमा आएको बाढीले सोमबार राति एक यात्रुवाहक बस बगाएको छ ।
को १ ख ४७५३ नम्बरको ‘बराहक्षेत्र’ नामक यात्रुवाहक बस सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा राति ११ बजे त्रियुगा नदीमा फसेको थियो । बाढीले बगाएर डुबाएको उक्त बसमा चालक र सहचालक मात्र सवार थिए । चालक र सहचालक सकुशल रहेका प्रहरीले जनाएको छ ।