फेवातालमा फसेका ८ जनाको उद्धार

(नेपाल क्राईम)

हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । डुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरू केही बेर त्यहीँ फसेका थिए ।

एउटा डुंगा तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनले जनाएको छ। उनीहरूको अवस्था सामान्य छ ।

डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको छ ।