स्रोत नखुलेको ९५ लाख बढी रकमसहित चार जना पक्राउ

(नेपाल क्राईम)

स्रोत नखुलेको ९५ लाख बढी रकमसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २९ वर्षीय समुन्द्र जमकट्टेल, ४३ वर्षीय गणेश राई, ३१ वर्षीय सन्तोष गुरुङ, ३९ वर्षीय सन्तोष घिमिरे छन् ।

दुई वटा मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा झोला खानतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।