मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

(नेपाल क्राईम)

मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम नेपागन्जमा सुरु भएको छ ।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग,जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा सूरु भएको तालिम तिन दिन सम्म चल्ले छ । तालिमको उद्घाटन गर्दे जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख नरेशबाबू श्रेष्ठले यस तालिमले प्रजनन स्वास्थ्यबारेको बुझाई थप स्पष्ट हुनुका साथै जिवनउपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले प्रजनन स्वास्थ्यबारे सबै जानकार हुनैपर्ने बिषय भएकाले यो बिषयलाई समेटिएको बताउनुभयो । उहाँले आमामी दिनमा पनि यस्ता किसिमका तालिमहरु संचालन हुन आवश्यक रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा आयोजित तालिममा नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १ का १९ देखी ४० बर्ष उमेर समुहका ३० जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको छ । प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराईसकेपछि सीपमूलक तालिमपनि प्रदान गर्ने योजना रहेको सांसद श्रष्ठले बताउनुभयो ।
तालिमको सहजिकरण स्वास्थ्य कार्यालय बाँकेका मलेरीया इन्सपेक्टर निरीक्षक दुर्गा गौतम ,पब्लिक हेल्थ नर्श बिष्णु श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिकाका सिनीयर अनमी निर्मला खनालले गरीरहनु भएको छ ।