नेपाल प्रहरीमा पहिलोपटक ‘लिडरसिप एन्ड स्टाफ कोर्स’ सुरु

(नेपाल क्राईम)

नेपाल प्रहरीमा पहिलोपटक ‘लिडरसिप एन्ड स्टाफ कोर्स’ सुरु भएको छ । आइतबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकले पहिलो ब्याचमा सहभागी हुने कार्यक्रमको उद्घाटन गरेका छन् ।स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिएपनि प्रवेश परीक्षामा १७ जना डीएसपीमात्रै उत्तीर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको हो ।प्रहरीमा पहिलोपटक सुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने छ । स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्ने छ । कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाउनेछन् ।