(नेपाल क्राईम)
सिरहा प्रहरीले गोलबजारबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले जिल्लाको गोलबजार नगपालिका १० अवासनगर डण्डाबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।केही मानिस बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सुरक्षाकर्मीलाई देखेर बन्दुक फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । बन्दुक फालेर भागेकाहरूको खोजी भइरहेको डीएसपी पासवानले बताए ।