पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता

(नेपाल क्राईम)

रूपन्देहीको एक नदीमा तीन जना बालक बेपत्ता भएका छन्।

सोमबार साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बालकहरूको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ।