राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल प्रहरीको नियन्त्रणमा

(नेपाल क्राईम)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार सिंहदरबार क्षेत्रबाटै प्रहरीले मोर्चाका अध्यक्ष कटुवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।