(नेपाल क्राईम) चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।बझाङस्थित बसपार्क, बस बिसौनि, यात्रुहरु आवतजावत हुने स्थानमध्ये जयपृथ्वी राजमार्गमा रहेका बसपार्क, जिप पार्क, सिमखेत, बगडगाँउ, देउरा, बागथला र बिथ्डमा यात्रु सहायता कक्ष महान जाड वडा दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर लामो तथा छोटो दुरिका सवारीसाधनहरुमा यात्रा गर्ने यात्रुहरुलाई सहजता प्रदान गर्न यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बझाङका निमिक्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक किशोर जोशीले बताए।