(नेपाल क्राईम)
काठमाडौंमा बुधबार दिउँसो हल्का वर्षा भएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीका अतिरिक्त बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रँदा देशभरको मौसममा बदली देखा परेको थियो।
मंगलबारबाट भित्रिएको यो प्रणालीले कोशीदेखि लुम्बिनीसम्म वर्षा गराए पनि काठमाडौंमा पानी परेको थिएन।
बुधबार दिउँसो काठमाडौंमा हल्का वर्षा भइरहेको मौसमविद् डेबिड ढकालले जानकारी दिए। उनका अनुसार अहिले त्रिभुवन विमानस्थलमा रहेको स्टेसनमा वर्षा मापन भएको छ।