(नेपाल क्राईम)
अछाममा जन्मजात दृष्टिविहीन २१ वर्षीया महिला बलात्कृत भएकी छिन्। ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामारोशन गाउँपालिकाका ५१ वर्षीय चेतमान रोकायालाई पक्राउ गरेको छ।
दृष्टिविहीन महिलालाई जबरजस्ती करणी गरेको उजुरी आउनेबित्तिकै रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको बताए।