(नेपाल क्राईम)
देशभरका अदालतमा सहकारी ठगीमा मुद्दा खेपिरहेका रवि लामिछाने १८ चैत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका हैसियतमा कमाण्ड सम्हाले । मुद्दा मामिलाका कारण कार्यवाहक डिपी अर्याललाई जिम्मेबारी दिएका उनले कमाण्ड लिएको पाँचदिन पनि बितेको थिएन् ।
शुक्रबार (२२ चैत्र, २०८१) मा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई कारागार पठाउने आदेश गरेको छ ।
रास्वपाको कमाण्ड सम्हालेपछि निलम्बित रहेको सांसद पद ब्यूताउँने प्रयासमा रहेका उनलाई अहिले पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको उपचारको आदेश भएको हो । पार्टी जिम्मेबारीमा फर्किएपछि भोलीदेखि (२३ चैत्र, २०८१) बाट जनयात्राको तयारीमा रहेका रविज थुनामा जाने भएका हुन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।