२० लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

(नेपाल क्राईम)

काठमाडौंबाट एक जना चिनियाँ नागरिक २० लाख नगदसहित पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट चिनियाँ नागरिकलाई २० लाख ९२ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा तिब्बत घर भई काठमाडौंको बौद्ध बस्‍ने २६ वर्षीया रिक्शी वाङ्मो छन्।