(नेपाल क्राईम)
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् ।
रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले पत्र लेखेर अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको जानकारी दिएको हो ।उनीहरूमाथि रेडक्रसको आधारभूत सिद्धान्तहरूको उल्लंघन गरेको, विधानको परिपालना नगरेको आरोप लगाइएको छ।