चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते

(नेपाल क्राईम)

बर्दियामा चितुवाको आक्रमणमा परी बुधबार दिउँसो एक बालक गम्भीर घाइते भएका छन्।

गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सर्जन चौधरी चितुवाको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।

बर्दियाको उपचारपछि बालकलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।