राजावादीको प्रदर्शनमा पेस्तोल निकाल्ने व्यक्ति को हुन् ?

(नेपाल क्राईम)

काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनमा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्यापती बनेका छन्।

कोटेश्वरको एउटा भिडिओ भने भाइरल छ।

एक जना पुरूषले पेस्तोल निकालेको र अन्य व्यक्तिहरूले पुरूषहरूले लाठी बोकेको भिडिओ भाइरल बनेको छ।

ती व्यक्तिहरू को हुन् र प्रहरीले पक्राउ गर्‍यो कि गरेन भन्ने चासो छ।

यद्यपि उनीहरू प्रदर्शनकारी नभइ प्रहरी नै भएको खुलेको छ।

उनीहरू कोटेश्वरमै रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारी रहेको खुलेको हो।

ब्युरोका प्रवक्ता एवं एसपी नारायण अधिकारीका अनुसार शुक्रबार दिउँसो प्रहरीको टोली अपरेशनबाट फर्किंदै थियो।

त्यही बेला प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरू कोटेश्वरका भित्री गल्लीमा पसेको थियो।

एसपी अधिकारीका अनुसार भित्र पसेका प्रदर्शनकारीले गाडी रोकेका थिए।

‘टोली अपरेशनबाट फर्किएको थियो। अफिस फर्कँदै गर्दा प्रदर्शनकारीहरूले रोके। हाम्रो ब्युरोका अधिकारीहरू सिभिलमा खटिन्छन्,’ उनले भने।

ती प्रहरीहरूले प्रदर्शनकारीहरूलाई रोक्न खोजेका थिए, तर रोकिएनन्। केही बेरमै प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी समेत गरेका थिए।(रास्स)