(नेपाल क्राईम)
शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदै गएपछि त्यस क्षेत्रमा कर्फ्यु लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए। गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।