(नेपाल क्राईम)
राजावादी समूह र समाजवादी मोर्चाको प्रदर्शनलाई मध्यनजर गरेर नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेको छ । दूतावासद्वारा जारी ट्राभल एडभाइजरी अनुसार, प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायातमा अवरोध आउन सक्छ । अवस्था असहज बनेमा स्थानीय प्रशासनले छोटो समयमा नै कर्फ्यू लगाउने सम्भावना रहेको उल्लेख गर्दै दूतावासले काठमाडौंमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन,आग्रह ।