वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन

(नेपाल क्राईम)

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ ।वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।