(नेपाल क्राईम)
सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्।
शुक्रबार बिहान मन्त्रालयले दाहाललाई गृहमा तानेर अर्को सिडिओ पठाएको छ।
कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
औरही गाउँपालिका वडा नम्बर ५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानेको मन्त्रालय स्रोतले जनाएको छ।