(नेपाल क्राईम)
(एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । परीक्षा सुरु भएको केही बेरमै प्रश्नपत्र आउट भएको हो ।
जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो ।
निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ। यद्यपि जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताएका छन् । उनले भने, ‘पात समेत हल्लिन दिइएको छैन। प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान हुँदैछ। कहाँबाट प्रश्नपत्र बाहिरिएको पत्ता लागे कारबाही हुन्छ।’