नेपाल प्रहरीको ३१ महानिरीक्षक आईजीपीमा दीपक थापा नियुक्त

 

whatsapp sharing button(नेपाल क्राईम)                                                              नेपाल प्रहरीको ३१ महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।

आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन्। उनी विसं २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्।

महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए। यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए।