(नेपाल क्राईम) काठमाडौँ उपत्यकामा विभिन्न नदीहरूमा बाढी आएर प्रभावित भएका ३८० जनालाई उद्धार गरिएको छ । ११७ जना प्रहरीले प्रभावितलाई उद्धार गरेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक टेक बहादुर जोरा नेतृत्वमा खटिएको ५६ जनाको टोलीले ललितपुर, बल्खु क्षेत्रबाट ३२० जनालाई र्याफ्टिङ बोर्डबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।