ट्रामाडोलसहित एक युवक पक्राउ

(नेपाल क्राईम)

लागूऔषध ट्रामाडोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १० नारायणपुर, सुर्योदय टोल निवासी २२ वर्षीय सन्तोष डाँगी रहेका छन् ।प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ४३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रुपैयाँ र चार थान मोबाइलसहित पक्राउ गरेको हो।