बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीमा गए राति हात्तीको आक्रमणमा एकको मृत्यु

(नेपाल क्राईम)

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीमा गए राति हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको हो ।

हात्तीको आक्रमणमा सोही ठाउँका ७१ वर्षिय वलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले बताएका छन् । हात्तीले खेतबारीमा लगाएको गहुँवाली नोक्सानी गरिरहेको बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जनाएका छन् ।