डीएसपी कार्की र बस्नेत एसपीमा बढुवा

(नेपाल क्राईम)

नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

बुधबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । एसपी श्याम राई र सञ्जय राउत चैत १ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।भोलिदेखि रिक्त हुने उक्त स्थानमा कार्की र बस्नेतलाई बढुवा गर्न सिफारिस गरिएको हो ।