(नेपाल क्राईम)
महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरका एक कर्मचारी र एक लेखापढी कानून व्यवसायी घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (मंगलबार) महोत्तरी मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको जानकारी दिए ।