दुई नेपाली नागरिकमाथि गोली प्रहार

(नेपाल क्राईम)                                                             अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि गोली प्रहार गरिएको छ । स्थानीय समयअनुसार गतसाता मंगलबार राति उनीहरू डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोजेका थिए । अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एन्ड मरिन अपरेसन्स् (एएमओ)ले उनीहरूमाथि गोली पक्राउ गरेको हो । उनीहरूको नाम खुलाइएको छैन । त्यसबेला क्यालिफोर्नियाको समुन्द्री तटबाट दुई नेपालीसहित नौ जना अवैध अमेरिका प्रवेश गर्न खोजेको र उनीहरूलाई नियन्त्रणमा लिइएको सीबीपीले वेभसाइडमार्फत जानकारी दिएको छ ।