कसले बाजी मार्ला महानिरीक्षक आइजीमा

(नेपाल क्राईम)                                                             चैत ४ गते नेपाल प्रहरीले नयाँ नेतृत्व अर्थात् ३१औं महानिरीक्षक (आइजी) पाउने दिन हो । संगठनमा नयाँ आइजी आउने भएपछि पुरानालाई बिदाइ र नयाँलाई स्वागतको तयारी भव्य भइरहेको छ । आइजीको सचिवालय र निवास दुवैतिर सहयोगीहरू आउने जाने क्रम चलिरहेको छ । को आइजी हुन्छ भन्ने निश्चित छैन तर संगठन र बाहिर भने एआइजी टेक तामाङकै पल्लाभारी रहेको चर्चा सुरु भैसकेको छ ।नयाँ आइजीमा दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये एकजना हुने निश्चित छ । एकजना मात्रै आइजी हुने भएकाले तीनैजना आफू हुनका लागि दौडधुप गरिरहेका छन् ।उनीहरु मध्ये एकजना आइजी भएपछि ६ एआइजी पद रिक्त हुनेछ । सो पदका लागि आइजीको लागि भन्दा बढी दौडधुप सुरु भएको छ । अब हुने ६ एआइजीमध्येबाट ३२औं र ३३औं आइजी हुने भएपछि उनीहरूले आफूलाई केन्द्रमा राखेर बढुवाका लागि शक्ति केन्द्रमा लविङ थालेका छन् ।आगामी चैत ४ गते साँझ हालका आइजी वसन्त कुँवर अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरी कुँवरको बिदाइ गर्ने छ । कुँवरको विदाइसँगै थापा, गिरी र तामाङ मध्ये एकजनाले नक्सालको ‘हट सिट’ कब्जा गर्नेछन् ।अहिलेसम्मको अवस्था हेर्दा आइजीमा थापा नै अघि देखिन्छन् । आइजी कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराईले अवकाश पाउनेछन् । आइजीमा एकजना एआइजीको नियुक्ति हुनासाथ ६ वटा दरवन्दी खाली हुनेछ । जसमा प्रहरीका तीन ब्याचबीच बढुवाको टक्कर छ । सिनियर ब्याचबाट चन्द्र्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरी शर्मा छन् ।